आज चारवटा संसदीय समितिको बैठक बस्दै
kendrabindu.com · Mon Jul 13 01:45:13 GMT 2026

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलको कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)