दोलखामा पहिरोमा परेर नाबालिकाको मृत्यु, आमा गम्भीर घाइते
kendrabindu.com · Mon Jul 13 02:03:14 GMT 2026

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याम्पोलमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
आइतबार राति ९ बजे क्याम्पोल हेलेकपाथलीमा माइतबाट घर फर्कने क्रममा सडकमाथिबाट आएको पहिरोमा परेर ४ महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)