अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
ratopati.com · Mon Jul 13 02:16:56 GMT 2026

वासिङ्टन डीसी । अमेरिकाले आक्रमण गरेपछि इरानले खाडी देशहरूमा आफ्नो आक्रमण विस्तार गरेको छ। यसले स्ट्रेट अफ होर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा खतरा बढेपछि सोमबार कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ।
ग्रिनविच समय अनुसार राति ११:११ बजे सम्ममा ब्रेन्ट क्रुड फ्युचर्स २.३४ डलर अर्थात् ३.०८ प्रतिशतले बढेर ७८.३५ डलर पुगेको छ। यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड प्रतिब्यारेल २.२१ डलर अर्थात् ३.०९ प्रतिशतले बढेर ७३.६२ डलर पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)