सरकार पुनर्गठन गर्ने जेलेन्स्कीको घोषणा, प्रधानमन्त्री पनि नयाँ नियुक्त गर्ने
canadanepal.com · Mon Jul 13 02:40:07 GMT 2026

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकारमा व्यापक पुनर्गठन गर्ने घोषणा गरेका छन्। उनले प्रधानमन्त्री युलिया स्विरिडेन्कोलाई पदबाट हटाउने तथा केही कानून प्रवर्तन निकायका प्रमुखहरूलाई पनि परिवर्तन गर्ने प्रस्ताव गरेका छन्। यद्यपि, स्विरिडेन्कोको स्थानमा कसलाई नियुक्त गरिनेछ भन्नेबारे उनले खुलाएका छैनन्। साथै, यी परिवर्तनको ठोस कारण पनि सार्वजनिक गरिएको छैन।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा स्विरिडेन्कोको कामको प्रशंसा गर्दै उनलाई सरकारबाहिर नयाँ र महत्वपूर्ण जिम्मेवारी दिने प्रस्ताव गरिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)