इजिप्टको राष्ट्रिय फुटबल टोली सम्मानित
hamrakura.com · Mon Jul 13 00:00:00 GMT 2026
काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले सन् २०२६ को फिफा विश्वकपमा देशकै इतिहासमा सर्वोत्कृष्ट र ऐतिहासिक प्रदर्शन गरेको भन्दै शनिबार राष्ट्रिय फुटबल टोलीका खेलाडी, प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरूलाई विशेष सम्मान गरेका छन्। न्यु अलामेन शहरमा आयोजित एक भव्य समारोहका बीच राष्ट्रपति सिसीले टोलीलाई ‘मेरिट कप’ र विभिन्न प्रतिष्ठित मानपदवी प्रदान गरेका हुन्।
टोलीले प्रतियोगिताका क्रममा प्रदर्शन गरेको उत्कृष्ट प्राविधिक कौशल, दृढता, अनुशासन र साहसिक खेलको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको छ। समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सिसीले खेलकुद केवल जित र हारमा मात्र सीमित नहुने धारणा व्यक्त गरे। उनले खेलाडीहरूले मैदानमा देखाएको देशप्रतिको निष्ठा र खेल भावनाको प्रशंसा गर्दै यसले युवा पुस्तालाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)