अमेरिका–इरान द्वन्द्वले विश्वबजार तरङ्गित
nepalviews.com · Mon Jul 13 03:03:08 GMT 2026

एजेन्सी । अमेरिका र इरानबीचको बढ्दो सैन्य द्वन्द्वले खाडी क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको छ। अमेरिकाले इरानमाथि आक्रमण गरेलगत्तै इरानले अन्य खाडी देशहरूमा पनि आफ्नो आक्रमण विस्तार गरेको छ। यसले विश्वको प्रमुख ऊर्जा मार्ग मानिने 'स्ट्रेट अफ हर्मुज' हुँदै हुने ऊर्जा ढुवानीमा गम्भीर अवरोध पुर्याएपछि विश्वबजारमा सोमबार कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ। जसको प्रत्यक्ष असर एसियाली सेयर बजारमा पनि परेको छ।
विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि देखिएको छ। सोमबारको तथ्याङ्कअनुसार 'ब्रेन्ट क्रुड' को मूल्य २.३४ डलर अर्थात् ३.०८ प्रतिशतले बढेर प्रतिब्यारेल ७८.३५ डलर पुगेको छ। यसैगरी अमेरिकी क्रुड 'वेस्ट टेक्सास इन्टरमिडिएट' (डब्लुटीआई) को मूल्य पनि २.२१ डलर अर्थात् ३.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ७३.६२ डलर पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)