बाढी-पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न प्रहरीको आग्रह
nepalviews.com · Mon Jul 13 03:38:19 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूमा ठूलो क्षति पुर्याउँदा जनजीवन र यातायात सेवा नराम्ररी प्रभावित भएको छ। सडक विभाग र नेपाल प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार धेरै ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने कतिपय खण्डमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्।
बागमती प्रदेशका मुख्य सडकहरूमा बढी असर देखिएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्ग अवरुद्ध भएको छ भने काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएका छन्। सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा सडक भासिएर अवरुद्ध भएकोमा अहिले भने सुचारु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)