गाउँदेखि सहर र टोलटोलमा विश्वकप फुटबलको माहोल, राष्ट्रिय रंगशालाको अवस्था दयनीय (तस्बिरहरु)
nepalpress.com · Mon Jul 13 03:59:14 GMT 2026
काठमाडौँ । विश्वभर फुटबल विश्वकपको माहोल छ। सहरदेखि गाउँसम्मका मैदान, फुटसल र चोक चोकमा फुटबलप्रेमी फुटबलकै चर्चा र खेलमा व्यस्त देखिन्छन्। तर, नेपालको अन्तर्राष्ट्रियस्तरको प्रमुख फुटबल मैदान दशरथ रंगशाला भने उचित व्यवस्थापन र नियमित मर्मत सम्भारको अभावमा दयनीय अवस्थामा छ।
दशरथ रंगशालाको मैदान लामो घाँसले भरिएको छ भने दर्शक बस्ने कुर्सी र गोल पोस्टहरूमा समेत खिया लाग्न थालेको छ। नियमित सरसफाइ, संरक्षण र मर्मत–सम्भार नहुँदा नेपाली खेलकुदको धरोहर मानिने यो रंगशाला जीर्ण बन्दै गएको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)