उत्तर कोरियाली सीमा नजिक गस्तीमा रहेका दक्षिण कोरियाली नाविक मृत फेला
nagariknews.nagariknetwork.com · Mon Jul 13 04:06:20 GMT 2026

दक्षिण कोरियाको नौसेनाले उत्तर कोरियासँगको समुद्री सीमा नजिकै बेपत्ता भएका एक नाविकको शव फेला पारेको छ। पूर्वी तटमा गस्ती गरिरहेको जहाजबाट बेपत्ता भएको एक दिनपछि सोमबार बिहान ती नाविक मृत अवस्थामा फेला परेका हुन्।
नौसेनाले एक विज्ञप्ति जारी गर्दै 'खोज अभियानमा भाग लिने गस्ती डुंगाले स्थानीय समयअनुसार सोमबार बिहान ५:५८ बजे जियोजिनबाट लगभग ५२ किलोमिटर पूर्वमा हराएका नाविकको शव फेला पारेको' जनाएको छ। त्यसपछि बिहान ६:४३ बजे (स्थानीय समय) शव निकालिएको नौसेनाले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)