पर्खाल भत्किंदा पुरिएर बागलुङमा एक बालकको मृत्यु
nepalsamaya.com · Mon Jul 13 04:35:56 GMT 2026
बागलुङ- बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो।
मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए। पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)