वाणिज्य बैंकहरूले कमाए ११ महिनामा साढे ६४ अर्ब
annapurnapost.com · Mon Jul 13 04:37:28 GMT 2026

काठमाडौं : वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा खुद नाफामा भारी वृद्धि गरेका छन्।
नेपाल राष्ट्र बैंकको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूले जेठ महिनासम्मका ६४ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तुलनामा नाफा १९.६२ प्रतिशतले बढी हो। त्यस अवधिमा ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँमात्रै खुद नाफा कमाएका थिए।यस अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमा १४ वटाले नाफामा वृद्धि गरेका छन् भने ६ वटाको नाफामा कमी आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)