पाँच किलोमिटर ट्रयाक खोल्न तीन करोड २५ लाख
nagariknews.nagariknetwork.com · Mon Jul 13 04:43:54 GMT 2026

जिल्लाको बडिगाड गाउँपालिका-८ रनसिंह किटेनीको फोर्सामा पहिलो पटक सडक पुगेको छ। चट्टानी भूगोल छिचोलेर फोर्सा सडक पुर्याउन झन्डै चार वर्ष लागेको हो। रनसिंह किटेनीको पुरानो गाउँसम्म पहिले नै सडक सञ्जाल पुगे पनि त्यहाँबाट पाँच किलोमिटर अगाडिको फोर्सामा सडक पुग्न सकेको थिएन। गण्डकी प्रदेश सरकारको एक करोड ५० लाख र बडिगाड गाउँपालिकाको एक करोड ७५ लाखमा उक्त सडकको ट्र्याक खोल्ने काम सकिएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्।
‘निकै जटिल भूगोल भएका कारण हामीलाई यति सडक जोड्नका लागि झन्डै चार वर्ष लाग्यो, करिब पाँच किलोमिटर सडक जोड्नका लागि सवा तीन करोड बजेट खर्च भएको छ’, अध्यक्ष थापाले भनिन्। यस पटक जसरी पनि सडक फोर्सामा जोड्नुपर्छ भनेर कार्यपालिकाले निर्णय गरेर गाउँपालिको निरन्तर आफ्नै डोजर प्रयोग गरेर सडक खनेको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)