अमेरिका–इरान तनाव चर्किँदा तेलको मूल्यमा तीव्र वृद्धि, हर्मुजमार्फत आपूर्ति अनिश्चित
aarthiknews.com

काठमाडौं । अमेरिका र इरानबीच पुनः सैन्य आक्रमण सुरु भएपछि हर्मुज जलडमरूमध्यमार्फत हुने ऊर्जा आपूर्तिमा जोखिम बढेको छ । त्यसको प्रभावस्वरूप अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यो समाचार तयार पार्दै गर्दा क्रुड आयलको मूल्य प्रतिव्यारेल ३.०७ डलर अर्थात् ४.३१ प्रतिशत बढेर ७४.४८ डलर पुगेको छ । यस्तै, ब्रेन्टको भाउ ४.२८ प्रतिशतले बढेर ७९.२७ डलर पुगेको छ ।
अमेरिकी सेनाले आइतबार इरानका विभिन्न स्थानमा रहेका दर्जनौं लक्ष्यमा सटीक हतियार प्रयोग गरी नयाँ चरणको आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार ती आक्रमणहरू विभिन्न रणनीतिक लक्ष्यलाई केन्द्रित गरेर गरिएका हुन् । यता, इरानको रिभोलुसनरी गार्ड्सले सोमबार कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको दाबी गरेको छ। दुवै पक्षबाट भएका सैन्य गतिविधिले मध्यपूर्वमा तनाव थप चर्किएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)