२०५० सम्म विश्वमा क्यान्सरका नयाँ बिरामी ७० प्रतिशतले बढ्ने डब्लुएचओको चेतावनी
ratopati.com · Mon Jul 13 05:05:11 GMT 2026

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या तीव्र रूपमा बढ्ने चेतावनी दिएको छ। संगठनका अनुसार हाल वार्षिक करिब २ करोड ६० लाख नयाँ क्यान्सरका बिरामी देखिने गरेकामा सन् २०५० सम्म यो संख्या बढेर करिब ३ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ। अर्थात् आगामी वर्षहरूमा क्यान्सरका नयाँ बिरामीको संख्या करिब ७० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।
डब्लुएचओका अनुसार क्यान्सरको बढ्दो बोझ नियन्त्रण गर्न वैज्ञानिक अनुसन्धान र नयाँ उपचारको विकास मात्र पर्याप्त हुँदैन। विश्वभर स्वास्थ्य सेवामा रहेको असमानता हटाउन नसकिए लाखौँ मानिसले रोकथाम गर्न सकिने क्यान्सरकै कारण ज्यान गुमाइरहने चेतावनी पनि दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)