रास्वपा कोशी सभापतिमा छ जनाले प्रतिस्पर्धा गर्ने, एक जनाको उम्मेदवारी फिर्ता
onlinekhabar.com · Wed Jun 10 12:42:17 GMT 2026

२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी सभापतिमा ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बुधबार बिहानदेखि मोरङस्थित विराटचोकमा भइरहेको अधिवेशनमा सात जनाले उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्ता गरेका नारायण घिमिरेले आफ्नो नाम फिर्ता लिएका छन् । सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, पारशमणि गेलाल र खगेन्द्र कटुवाल बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)