नयाँ स्कोडा 'कुशाक' सार्वजनिक
aarthiknews.com

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक सार्वजनिक गरेको छ। रियल ड्राइभर्स वान्टेड अभियानसँगै कुशाक सार्वजनिक गरिएकाे हाे। नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए।
उनिहरूले कारको मालिक त धेरैजना बन्छन्, तर वास्तविक चालकहरूले मात्र सडकलाई नै आफ्नो बनाउँछन् भन्ने स्पष्ट सन्देश दिएका थिए। कुशाक चार्टमा तुलना गरेर उत्कृष्ट देखिने गाडी होइन, यो त स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक अनुभवलाई प्राथमिकता दिने चालकका लागि निर्माण गरिएको एसयूभी हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)