संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
ratopati.com · Mon Jul 13 06:01:11 GMT 2026

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती सोमबार बिहान काठमाडौँमा एक कार्यक्रम गरी मनाइएको छ। नेपाली भाषालाई एकताको सूत्रमा गाँस्न विशिष्ट योगदान पुऱ्याएका आचार्यको स्मरणमा आज देशभरका साहित्यिक संघ–संस्था, विद्यालय तथा विश्वविद्यालयहरूले विशेष कार्यक्रमको आयोजना गरेका छन्।
विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले संस्कृतमा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनमानसमा पुऱ्याएका थिए। नेपाली भाषाको उत्थान र साहित्यको विकासमा उनले पुऱ्याएको अतुलनीय योगदानको कदर गर्दै हरेक वर्ष असार २९ गतेलाई भानु जयन्तीका रूपमा मनाउने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)