गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि
canadanepal.com · Mon Jul 13 06:45:23 GMT 2026
मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा सर्पदंशका घटना उच्च जोखिममा रहेको देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार आर्थिक वर्ष २०८२/८३ (साउनदेखि असारसम्म) जिल्लामा ६७० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्। तीमध्ये २५ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ।
तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा एक हजार २९ जना सर्पदंशका घटना दर्ता भएका थिए, जसमध्ये ५२ जनामा विषालु सर्पदंश भएको थियो। यसले जिल्लामा सर्पदंशका घटना केही घटेको संकेत गरे पनि जोखिम भने अझै उच्च रहेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)