अनलाइन ठगी गरेको आरोपमा काठमाडौँबाट चार बंगलादेशीसहित पाँच जना पक्राउ
nepalnews.com · Mon Jul 13 07:04:02 GMT 2026

काठमाडौँ। अनलाइन ठगी गरेको आरोपमा प्रहरीले चार बंगलादेशी नागरिक र एक नेपालीलाई पक्राउ गरेको छ। साइबर ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने क्रममा पाँच जनालाई दुई दिनअघि पक्राउ गरेको हो।
ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ पर्ने बंगलादेशी नागरिकमा २५ वर्षीय मोहम्मद जुबाएर अहमद, २६ वर्षीय नुर आलम, २४ नासिम मियाँ र २७ वर्षीय रानी कमाल रहेका छन्। यस्तै, प्रहरीले महोत्तरी रामगोपालपुर नगरपालिका-९ घर भई हाल काठमाडौँ कोटेश्वर बस्दै आएका २१ वर्षीय सुभाषकुमार मण्डल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)