बाढी जोखिमका कारण बीपी राजमार्गमा सवारी साधन ‘होल्ड’
onlinekhabar.com · Mon Jul 13 07:30:05 GMT 2026

२९ असार, काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा होल्ड गरिएको छ।
रोशी खोलाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना नभएसम्मका लागि होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख रविन कार्कीले जानकारी दिए ।