रोशीमा वर्षा, बीपी राजमार्ग अवरुद्ध
himalpress.com · Mon Jul 13 07:46:20 GMT 2026

काठमाडौँ – काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको (होल्ड गरिएको) छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार दिउँसो १२ः ३३ बजे एक सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको हो । रोशी खोला क्षेत्रमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने र राजमार्गमा जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)