सुगौली सन्धिमा हस्ताक्षरपछि चन्द्रशेखरको प्रायश्चित्त
onlinekhabar.com · Mon Jul 13 07:46:56 GMT 2026

बुटवल र स्यूराज क्षेत्रको विषयमा विवाद हुँदा अन्ततः इष्ट इण्डिया कम्पनीसँग नेपालले युद्ध नै लड्नुपर्ने परिस्थिति आइपर्यो । सीमित साधन र परम्परागत हातहतियारको भरमा आफूभन्दा धेरै नै शक्तिशाली देशसँग नेपालले मुकाविला गर्नु चानचुने कुरा थिएन । त्यो बेला नेपाली फौज देशभक्ति र अदम्य साहसकै भरमा आफूभन्दा धेरै शक्तिशाली फौजसँग भिडेका थिए ।
इतिहासकार महेशराज पन्तले “पूर्णिमा” पूर्णाङ्क १ (वैशाख २०२१ः४८) मा उल्लेख गरे अनुसार वि.सं. १८७१ कात्तिक १८ गते लखनऊबाट कम्पनी सरकारका गभर्नर जनरल हेस्टिङ्सले नेपाल विरुद्ध युद्धको घोषणा गर्दा पूर्व मोरङदेखि पश्चिम हण्डुरसम्म दख्खल गर्ने अभिप्राय राखेका थिए । त्यसबेला नेपालले १२ हजारभन्दा बढी फौज बटुल्न सकेको थिएन । अङ्ग्रेजसँग भने पाँच भागमा बाँडिएको ३४ हजार सेना थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)