नेपालमा माछापालन ब्यवसाय र समृद्धिको आधार
arthadabali.com · Mon Jul 13 07:46:32 GMT 2026

केही दशकयता नेपालमा कृषिका विभिन्न उपक्षेत्रमध्ये माछापालन व्यवसाय तीव्र रूपमा विस्तार भइरहेको छ । बढ्दो जनसंख्या, पोषणयुक्त खाद्य पदार्थको बढ्दो माग, कृषि व्यवसायको आधुनिकीकरणका कारण माछापालन अहिले आकर्षक उद्यमका रूपमा विकसित हुँदै गएको छ ।
कृषि क्षेत्रमा राज्यबाट प्रोत्साहनका कार्यक्रमहरु हुँदा पनि किसान कृषि पेशामा आकर्षित छन् । खोला, नदी तथा ढाप खेतहरुमा माछामार्ने प्रचलनदेखि परम्परागत रूपमा घरायसी उपभोगका लागि सीमित रहेको माछापालन हुँदै आज व्यावसायिक उत्पादन गर्ने गरिएको छ । जसले गर्दा मत्स्यपालन ब्यवसाय रोजगारी सिर्जना र आयआर्जनको महत्वपूर्ण माध्यम बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)