ओमद्वारा रोयल फर्मास्युटिकल्स एक्विजिसन : आईपीओबिना बजारमा सेयर बेच्ने दाउ
onlinekhabar.com · Mon Jul 13 08:09:23 GMT 2026

२९ असार, काठमाडौं । एक वर्षअघि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले अर्को निजी कम्पनीलाई खरिद गर्ने भएको छ । ओमको आइतबारको विशेष साधारणसभाले रोयल फर्मास्युटिकललाई खरिदको प्रस्ताव स्वीकृत गरेसँगै एक्विजिसनको काम अघि बढेको हो ।
धितोपत्र बजारमा सूचीकृत कम्पनीले निजी कम्पनीलाई खरिद गर्न सक्ने कानुनी व्यवस्था छैन । धितोपत्र बोर्डको मर्जर निर्देशिका २०७९ अनुसार पनि संगठित संस्था भएको खण्डमा मात्रै मर्जरमा जान सक्ने व्यवस्था छ । यो एक्विजिसनमा ओम मेगाश्री संठित संस्था हो भने रोयल निजी कम्पनी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)