गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
nepallive.com · Mon Jul 13 08:18:17 GMT 2026

काठमाडौँ । त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटना अनुसन्धान गर्न उनका परिवारले जाहेरी दिएका छन् । अनुसन्धानका लागl गणेशका दाजु मदनले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिएका हुन् ।
आइतबार पीडित परिवार र सरकारको बिचमा शव बुझ्ने र शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा सहयोग र सहजीकरण गर्ने सहमति भएको थियो । पीडित परिवारसँग सरकारको ९ बुँदे सहमति भएको थियो । जाहेरी अनुसार अनुसन्धान र अन्य कानुननी प्रक्रिया सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)