नाटकीय खेलमा सेनेगल पराजित: सेनेगललाई हराउँदै बेल्जियम विश्वकपको अन्तिम १६ मा
ratopati.com · Wed Jul 01 22:51:52 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को अत्यन्तै रोमाञ्चक र नाटकीय खेलमा सेनेगललाई ३–२ ले पराजित गर्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको सियाटलमा निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको पनि अन्तिम क्षणमा पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमले रोमाञ्चक जित हात पारेको हो । यो हारसँगै सेनेगलको विश्वकप यात्रा समाप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)