मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन : प्रहरी
aarthiknews.com

काठमाडौं । अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडीमा कुनै सुरक्षा जोखिम नभेटिएको प्रहरीले जनाएको छ। घटनाको उद्देश्य र गाडी पार्क गर्ने व्यक्तिबारे भने अनुसन्धान जारी रहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अनामनगरस्थित सञ्चारगृहअगाडि पार्क गरिएका गाडीको सुरक्षा दृष्टिकोणबाट विस्तृत जाँच गरिएको थियो। जाँचका क्रममा गाडीभित्र कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री फेला नपरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)