पहिरोमा परी चार महिनाकी शिशुको ज्यान गयो, आमा गम्भीर
hamrakura.com · Mon Jul 13 00:00:00 GMT 2026
रामेछाप। दोलखामा पहिरोमा परी चार महिनाकी एक शिशुको ज्यान गरएको छ भने आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गए राति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको ज्यान गएको हो।
उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन् । प्रहरीका अनुसार शर्मिला आफ्नी चार महिनाकी छोरी एलिनालाई लिएर भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किंदै थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)