एक महिनामै सेलायो स्पेसएक्सको आईपीओमा लगानीकर्ताको उत्साह, अब के होला ?
ratopati.com · Mon Jul 13 09:06:16 GMT 2026

न्यूयोर्क । एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सले सेयर बजारमा इतिहास रचेको एक महिना पुगेको छ । गत जुन १२ मा सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्दा देखिएको लगानीकर्ताको तीव्र उत्साह अहिले केही हदसम्म ‘पर्ख र हेर’ को स्थितिमा पुगेको छ ।
सार्वजनिक कम्पनीका रूपमा पहिलो महिना पूरा गर्दा स्पेसएक्सको सेयर मूल्यमा निकै उतारचढाव देखिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । कम्पनीले प्रतिसेयर १३५ डलर मूल्य तोके पनि कारोबारको पहिलो दिनमै यो १७६ डलरसम्म पुगेर १६०.९५ डलरमा बन्द भएको थियो । यो विश्वकै सबैभन्दा ठूलो आईपीओका रूपमा दर्ता भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)