‘अनुसन्धानमुखी योजना आयोग बनाइन्छ’ : उपाध्यक्ष डा. गुणाकर भट्ट
kalakarmi.com · Mon Jul 13 09:09:59 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको सोमवार बसेको बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पन्न भएका मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगति सम्बन्धमा छलफल गरिएको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले समितिबाट उठाइएका विषयमा आयोगले १० दिनभित्र लिखित जवाफ पेश गर्ने जानकारी दिए । समितिको निर्देशनअनुसार आवश्यक विवरण तयार गरी पेश गरिने उनले बताए । उनले भने, ‘१० दिनभित्र राष्ट्रिय योजना आयोगले समितिमा उठेका कुराहरु लिखित रुपमा यो समितिमा प्रस्तुत गर्नुपर्ने निर्देशन नै आइसकेको छ । आफैंले पनि सोचेका थियौं अर्थसमितिसँग यो विषयमा छलफल गर्ने । राष्ट्रिय योजना आयोगको भूमिकाको विषयमा कतिपय कुराहरु समितिबाट पनि आएका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)