गोरखा अस्पतालमा मुख्यमन्त्री पाण्डेको आकस्मिक निरीक्षण, सेवा प्रवाह दुरुस्त राख्न निर्देशन
barnanmedia.com · Mon Jul 13 09:21:38 GMT 2026

सुलीकोट, असार २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश अस्पताल गोरखामा आकस्मिक निरिक्षण गर्नुभएको छ । सोमबार प्रदेश अस्पतालमा गोरखाको निरिक्षण गर्दै अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवाको अवस्था, सेवा प्रवाहको प्रभावकारिता, उपलब्ध सुविधा, देखिएका समस्या तथा सुधार गर्नुपर्ने पक्षबारे विस्तृत जानकारी लिनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले निरिक्षणका क्रममा अस्पताल प्रशासन, स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीसँग छलफल गर्दै सेवा प्रबाहलाई अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक सुझावहरु लिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)