पेरुमा जन्मिएका सयौँ नवजात शिशुको नाम हालान्ड राखेपछि…
barnanmedia.com · Mon Jul 13 09:31:14 GMT 2026
विश्वकप फुटबलकाे राैनकका बीच पेरुका सयौँ फुटबल प्रेमीहरूले आफ्ना नवजात शिशुहरूको नाम नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डको नामबाट राखेका छन्। पेरुको राष्ट्रिय परिचयपत्र दर्ता कार्यालयले यसको आधिकारिक पुष्टि गरेको हो।
विश्व फुटबलको महाकुम्भ, सन् २०२६ को विश्वकपमा नर्वेका गोल मेसिन हालान्डको लोकप्रियताको ग्राफ निकै माथि पुगेको छ । जारी विश्वकपमा ७ गाेल गरेका यी २५ वर्षीय फुटबलरकाे उत्कृष्ट योगदानका कारण नर्वेले पाँच पटककाे विजेता ब्राजिललाई ऐतिहासिक पराजय चखाउँदै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । तर क्वाटरफाइनलमा इंग्ल्याण्डसँगकाे हार पछि नर्वे बाहिरिएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)