कैलालीका नदीमा डल्फिनको चहलपहल
rajdhanidaily.com · Mon Jul 13 09:48:38 GMT 2026

घोडाघोडी । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ । कर्णालीका सहायक नदीअन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन् ।
संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका हुन् । ‘यस वर्ष पहिलो पटक असार १६ गते एउटा बच्चासहित तीन वटा डल्फिन देखिएका थिए । वर्षा ढिलो भएकाले अघिल्ला वर्षको तुलनामा ढिला गरी डल्फिन आएको हो’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)