यो वर्ष विकास खर्च ५० प्रतिशत नकट्ने, जेन–जी विद्रोह मुख्य कारण
shilapatra.com · Mon Jul 13 09:51:00 GMT 2026

चालु वर्षको विनियोजित पुँजीगत (विकास) खर्च ५० प्रतिशत नकट्ने भएको छ । आर्थिक वर्ष सकिन अब २ दिन मात्र बाँकी रहँदा पुँजीगत खर्च १ खर्ब ८१ अर्ब ६१ करोड २९ लाख रुपैयाँ अर्थात् ४४.५३ प्रतिशत खर्च हुन सकेको छ ।
पहिलोपटक विकास खर्चतर्फ ४ खर्बभन्दा बढी बजेट विनियोजन भएकोमा विनियोजित बजेटको ५० प्रतिशत पनि खर्च गर्न नसक्नुलाई सरकारको कमजोरीको रूपमा हेरिएको छ । खासगरी, आर्थिक उत्पादनसँग प्रत्यक्ष जोडिने विकास खर्च हुन नसक्नुले आर्थिक वृद्धिलाई सोझै असर गर्ने देखिन्छ, जसको असर आगामी आर्थिक वर्षको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसमेत प्रभावित बन्न प्रायः निश्चित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)