एकै दिनमा चार हजारभन्दा बढी अफगान शरणार्थी फर्किए स्वदेश
kendrabindu.com · Mon Jul 13 10:13:24 GMT 2026

काबुल । कागजातविहीन विदेशी नागरिकलाई आफ्नो देश फर्किन दबाब बढिरहेका बेला छिमेकी मुलुकबाट अफगान शरणार्थीहरू स्वदेश फर्किने क्रम तीव्र बनेको छ । यसै क्रममा आइतबार एकै दिन चार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएको सरकारी समाचार संस्था ‘बख्तर न्युज एजेन्सी’ले सोमबार जनाएको छ ।
समाचारअनुसार, ७९० अफगान शरणार्थी परिवारका चार हजार १०० सदस्य आइतबार अफगानिस्तान फर्किएका हुन् । फर्किएका परिवारमध्ये ७७२ परिवारलाई सीमा नाकामा आवश्यक सहयोग उपलब्ध गराई सम्बन्धित प्रान्तमा पठाइसकिएको र बाँकी १८ परिवारलाई पनि छिट्टै गृह प्रान्त पठाइने बख्तरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)