कर्णाली राजमार्गको गगने खोलामा पुनः अवरुद्ध
nepalviews.com · Mon Jul 13 10:15:45 GMT 2026

मान्म (कालीकोट) । कर्णाली राजमार्गअर्न्तगत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ । आज बिहानदेखि गगने खोलामा लेदोसहितको पहिरो आएकाले पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिले सडक डिभिजन कार्यालयको सहयोगमा एक्साभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी जनक शर्माले जानकारी दिए । “पानी पर्दा साथ गगने खोलामा पटक–पटक पहिरो जाने गरेको छ”, उनले भने, “अवरुद्ध रहेको सडक अहिले एक्साभेटरद्वारा खुलाउने काम जारी छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)