बहुविवाह मुद्दामा प्रेस चाैतारीका केन्द्रीय सदस्य गणेश आचार्य पक्राउ
nepalviews.com · Mon Jul 13 10:42:23 GMT 2026

काठमाडौं । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज गणेश आचार्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बहुविवाहको मुद्दामा आचार्य पक्राउ परेका हुन् ।
एमाले महासचिव शंकर पोख्रेलको प्रेस सल्लाहकारका रूपमा समेत चिनिएका आचार्य शुक्रबार पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अननुसन्धान कार्यालय टेकुको टोलीले जिल्ला प्रहरी कार्यालय दाङको पत्रअनुसार आचार्यलाई पक्राउ गरेर दाङ पठाएको हो । श्रीमती ललिता आचार्यले गणेशको विरूद्धमा बहुविवाहको मुद्दा हालेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)