पहिरोमा परेर दुई जनाको मृत्यु
rajdhanidaily.com · Mon Jul 13 11:05:29 GMT 2026

काठमाडौं । कालिकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो ।
आज दिउँसो १ ३० बजेको सयममा पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नीत्रिवेणी–६ धाँमीगाँउका ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीया लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)