सञ्चारमाध्यमलाई त्रसित पार्ने गतिविधिको निष्पक्ष छानबिन गर्न रास्वपाको माग
himalpress.com · Mon Jul 13 11:15:37 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
सोमबार विज्ञप्तिमार्फत महामन्त्री आचार्यले आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको उल्लेख गरेका छन्। उनले स्वतन्त्र र निर्भीक पत्रकारितामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)