बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने
ratopati.com · Mon Jul 13 11:39:56 GMT 2026

काठमाडौँ । बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले प्रदेशभित्रका समस्याग्रस्त घोषित विभिन्न ५ वटा सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।
समितिले प्रेस विज्ञप्ति जारी २०८३ असार ३० गते मंगलबारदेखि बचत फिर्ता कार्यको सुरुवात गरिने जानकारी दिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रको सभा हलमा बचत फिर्ताको आरम्भ गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)