सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका ९ जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया
arthadabali.com · Mon Jul 13 11:37:32 GMT 2026

काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग तथा सहजीकरणमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला तथा दुहुँ गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा परीक्षण गरिएकामध्ये शल्यक्रिया आवश्यक देखिएका ११ जनालाई गेटा आइ हस्पिटल लगिएको थियो। तीमध्ये नौ जनाको सफलतापूर्वक शल्यक्रिया गरिएको बैंकले जनाएको छ। स्वास्थ्य अवस्थाका कारण दुई जनाको भने शल्यक्रिया हुन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)