सहारा हेल्थ इन्स्योरेन्समार्फत् बिमामा नागरिकको पहुँच विस्तार गर्दै ईसेवा, यस्ता छन् सुविधा
clickmandu.com · Mon Jul 13 11:37:16 GMT 2026

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले शिखर इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बिमामा पहुँच विस्तार गर्दै गएको छ । यस बिमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त र भरपर्दो स्वास्थ्य बिमा उपलब्ध गराउँदै आएको छ ।
मात्र १ हजार ३९९ रुपैयाँबाट सुरु हुने यस बिमा योजनाले स्वास्थ्य तथा दुर्घटनासम्बन्धी सुविधासहित ६ लाखसम्मको बिमा सुरक्षा प्रदान गर्ने इसेवाले जनाएको छ । पूर्ण रूपमा डिजिटल माध्यममा आधारित यो बिमा योजना खरिद गर्नका लागि ग्राहकहरूले कुनै कागजी प्रक्रिया वा बिमा कम्पनीको कार्यालय धाइराख्नु पर्दैन । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत केही मिनेटमै खरिद वा नवीकरण गर्न सक्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)