आदिकवि भानुभक्तबारे ३२ रोचक तथ्य
himalpress.com · Mon Jul 13 11:46:21 GMT 2026

असार २९ नेपाली भाषाका अमर साधक भानुभक्त आचार्यको जन्मजयन्ती हो। नेपाली भाषालाई जनभाषाको साहित्यिक अभिव्यक्ति प्रदान गर्ने, संस्कृतको ज्ञानलाई नेपाली समाजसम्म सहज भाषामा पुर्याउने र रामायणमार्फत नेपाली भाषाको साहित्यिक प्रतिष्ठा स्थापित गर्ने कविका रूपमा भानुभक्तको योगदान अद्वितीय मानिन्छ। यद्यपि भानुभक्तको जन्मवर्ष, न्वारानको नामदेखि ‘आदिकवि’ उपाधिसम्मका विषयमा विद्वान्हरूबीच विभिन्न मत र बहस रहँदै आएका छन्। पछिल्ला अनुसन्धानले उनको न्वारानको नाम ‘देवीभक्त’ नभई ‘चिरञ्जीवी’ रहेको दाबी गरेका छन् भने जन्मवर्ष पनि १८६९ र १८७१ विक्रमाब्दबीच विवादित रहँदै आएको छ। त्यसैगरी ‘आदिकवि’ उपाधि साहित्यिक परम्परा, राज्यको मान्यता र विद्वत् बहसका बीच स्थापित भएको देखिन्छ।
भानुभक्तका रचना खोजी गरी प्रकाशमा ल्याउने श्रेय मोतीराम भट्टलाई जान्छ भने पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य, नरेन्द्रराज प्रसाईलगायतका अनुसन्धानकर्ताले उनको जीवन र कृतित्वलाई थप उजागर गरेका छन्। दार्जिलिङ, सिक्किम, असम हुँदै नेपालसम्म भानुजयन्ती मनाउने परम्परा विस्तार हुनु, उनका नाममा मूर्ति, डाक टिकट, ग्रन्थावली, अनुसन्धान, नाटक, वृत्तचित्र र अनुवाद प्रकाशित हुनु तथा उनको रामायण विभिन्न भाषामा अध्ययन र अनुवाद हुनु भानुभक्त नेपाली भाषा, साहित्य र सांस्कृतिक चिनारीका साझा प्रतीक बनेको प्रमाण हो। आज उनको जन्मजयन्ती मनाइरहँदा नेपाली भाषालाई सरल, शुद्ध र जनसामान्यको जीवनसँग जोड्ने उनको योगदानलाई स्मरण गर्नु नै उनीप्रति सच्चा सम्मान हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)