प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
kalakarmi.com · Mon Jul 13 11:56:14 GMT 2026

काठमाडौं– प्रेस काउन्सिल नेपालको अध्यक्षमा सञ्चारकर्मी उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णयअनुसार श्रेष्ठलाई सोमवार नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् । यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । नवनियुक्त घिमिरिले पनि सोमवार नै सञ्चारमन्त्री तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)