सञ्चारमाध्यमबाहिर शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिनको माग
nepalnews.com · Mon Jul 13 12:06:19 GMT 2026

काठमाडौँ। विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्यानाकर्षण भएको जनाएको छ।
महामन्त्री विपिनकुमार आचार्यद्वारा सोमबार जारी विज्ञप्तिमा रास्वपाले यस्ता गतिविधिले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्य राखेको भन्दै त्यसलाई लोकतान्त्रिक मूल्य-मान्यताविपरीत कार्य भएको उल्लेख गरेको छ। स्वतन्त्र र भयरहित पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ मान्दै पार्टीले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)