भुजेल संस्कृति संरक्षण गरिँदै
ratopati.com · Mon Jul 13 12:07:14 GMT 2026

तनहुँ । भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला वर्षमा ओझेलमा पर्न थालेपछि संस्कृति संरक्षणमा सक्रियता बढेको छ। भुजेल समाज सेवा समिति तनहुँले देवघाट गाउँपालिका-१ स्थित बसेनीटारमा मौलिक चुड्का नाच प्रदर्शनी आयोजना गरी संस्कृति संरक्षणमा पहल थालेको हो।
आधुनिक जीवनशैली, गाउँबाट सहरतर्फको बसाइँसराइ, वैदेशिक रोजगारी र नयाँपुस्तामा मौलिक संस्कृतिप्रतिको घट्दो चासोका कारण पुस्तौँदेखि जोगिँदै आएको यो परम्परा अहिले संरक्षणको प्रतिक्षामा छ । यही चिन्तालाई अवसरमा बदल्ने प्रयासस्वरूप समितिले मौलिक चुड्का नाच प्रदर्शनी आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)