भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन निर्देशन
ratopati.com · Mon Jul 13 12:12:21 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका सम्बन्धमा भइरहेको कामकारबाहीको विस्तृत लिखित विवरण ७ दिनभित्र समितिमा उपलब्ध गराउन ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय’ र ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय’ लाई पत्राचार गरी माग गर्ने निर्णय गरिएको सभापति समिक्षा बास्कोटाले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)