हेटौंडाबाट काठमाडौँ आउने दुईवटा बाटो बन्द
nepalpress.com · Mon Jul 13 12:17:29 GMT 2026

काठमाडौँ । मकवानपुर जिल्लामा हिजो रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ आउने दुई वटा बाटो बन्द भएको छ । विभिन्न सडकखण्डहरु अवरुद्ध भई सडक यातायात प्रभावित भएको र उच्च जोखिमको अवस्था सिर्जना भएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरले बाटो बन्द गराएको हो ।
यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बाटो बन्द गरिएको हो । यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको स्थान र समयमा सवारी साधन सञ्चालन नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ । मौसम तथा सडक अवस्था सम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न समेत प्रशासनले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)