ज्ञानेन्द्र शाहीको माग- बहालवाला प्रधानमन्त्री पूर्वमेयर हुन्, उहाँको सम्पत्ति पनि छानबिन हुनुपर्छ
onlinekhabar.com · Mon Jul 13 12:57:28 GMT 2026

२९ असार, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले वहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदको पनि सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । सोमबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता शाहीले सरकारले आफ्नो सम्पत्ति छानबिन नगर्ने, अरूको मात्रै गर्नु गलत रहेको बताएका हुन् ।
‘बहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदहरूमध्ये धेरैको जागिर वा व्यवसाय नगरी करोडौंदेखि अर्ब बढी सम्पत्ति कहाँबाट आयो ? त्यसको स्रोत के हो ? भन्ने विषयमा आम नागरिकले प्रश्न गरिरहेका छन्,’ शाहीले भने, ‘सम्पत्ति छानबिन गर्ने हो भने सबैको गर्नुपर्छ । जागिर नगरी उहाँहरूको करोडौंको सम्पत्ति कहांबाट आयो ? पहिला आफैबाट सुरु गर्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)