विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
nepalnews.com · Mon Jul 13 13:23:59 GMT 2026

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पौडेलको हिरासत अवधि थप तीन दिनका लागि बढाउने आदेश दिएको हो। योसँगै उनको हिरासत म्याद पाँचौँ पटक थपिएको छ।